काठमाडौँ । भोजपुरको भोजपुर नगरपालिका-१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय सुन्दर तामाङका ४ वर्षीय छोरा मेन्सन तामाङ रहेका छन्।टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, ११ : २५
लेखकबाट थप