राप्रपा बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ०९ : ४६
राप्रपा बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुँदैछ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बस्ने बैठकमा यस विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। पार्टीको हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको विषय बनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोश्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र संघको निर्वाचनको तयारी लगायत समग्र पक्षमा छलफल गरी पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राप्रपाले हिजो केन्द्रीय समितिमा ४९ जना सदस्य थपेको जनाएको छ। राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ।

 

प्रतिक्रिया दिनुहोस