कोरोना भाइरसको संक्रमण बढ्दै, स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, २० : ३६
कोरोना भाइरसको संक्रमण बढ्दै, स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार १० बुँदे सूचनामार्फत स्वास्थ्य मापदण्ड पालनामा सबैसँग अनुरोध गरेको हो । 

जसअनुसार सबै सरकारी, गैहसरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरूमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तै विमानस्थल, हवाईजहाज लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ । 

यस्तै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने। विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थलमा पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । 

संक्रमण पुष्टि भई होम आईसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमण पश्चात स्वास्थ्य जटिलता देखिएका व्यक्तिहरूलाई प्रदेश अनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा पठान पनि सूचनामा भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस