राप्रपाको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १५ : ४९
राप्रपाको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश

काठमाडौं । राप्रपाको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा प्रवेश भएको छ । यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि छलफलका लागि केन्द्रीय समितिमा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
 
केही समयअघि धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सो एजेण्डाले प्रवेश पाएको हो ।

प्रतिक्रिया दिनुहोस