नेप्सेमा सामान्य गिरावट , १ अर्ब ६४ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १५ : ३०
नेप्सेमा सामान्य गिरावट , १ अर्ब ६४ करोडको कारोबार

काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा सामान्य गिरावट आएको छ ।

बिहीबार नेप्से ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा आइपुग्दा ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अंकले घटेर ३९१.६४ विन्दुमा छ ।

नेप्से ओरोलो लाग्दा कारोबार रकममा पनि कमी आएको छ । यस दिन २२५ कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका १३ मध्ये बैंक र अन्य बाहेकका सबै उपसूचकहरू राताम्मे भएका छन् । सबैभन्दा बढी व्यापार समूह १.५८ प्रतिशतले ओरालो लाग्दा त्यसपछि जीवन बीमा र लगानी समूह क्रमशः १.५२ र १.०७ प्रतिशतले ओरालो झरे ।

यसदिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस