काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको जल तथा मौसम पूवार्ननुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै दिउँसो पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा वर्षाको सम्भावना छ ।सुदुर पश्चिम र प्रदेश १का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?