काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, २० : ४९
काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

काठमाडौँ । काठमाडौँको फोहोर एक हप्ता नउठ्ने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो।

काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ।

महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली १ को सडक निर्माण सुचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारीसाधनको आवातजावतले कठिनाइ उत्पन्न हुने भएकोले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडकखण्डमा कम्तिमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखिआएकोले उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक चोक सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन हुन सम्पूर्ण महानगरवासीमा हार्दिक अनुरोध गर्दछु।’