छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १५ : ५६
छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन ।

बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन । उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन ।

जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अपहेलित ज्येष्ठ नारिकलाई हेर्नुपर्ने उनले बताइन । मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरुको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताइन।

उहाँले विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि उल्लेख गरिन् । ज्येष्ठ नागरिकलाई कसैले दुव्र्यवहार गर्न नपाउन् भन्ने किसिमको व्यवस्था गरिएको उनले बताइन ।

प्रतिक्रिया दिनुहोस