एन्फाले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १२ : ५६
एन्फाले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू(१७ एसियन कप छनोटलाई मध्यनजर गर्दै खुला छनोट गर्न लागेको हो ।

एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । सन् २००६ जनवरी १ (२०६२ पुष १७ गते) यता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमासहभागि हुन पाउनेछन् ।

इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ । साउन ९ गतेसम्म मात्र नाम दर्ता गराउन पाइने छ ।खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्म दर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचय पत्र ल्याउनुपर्ने एन्फाले जनाएको छ ।

साफ यू-१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुनेछ । यस्तै एएफसी यू-१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस