काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।
भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो । भेटपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै विषयमा छलफल भएको बताए। नेता भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता