काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।
तोलामा २०० रुपैयाँ घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। तोलामा ५ रुपैयाँ घटेपछि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हनजार १६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
२४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?