एजेन्सी । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा बेल्जियमले जीत निकालेको छ । शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
एसिल न्यूयोर्क स्टेडियम रोदरह्याम साउथ योर्क सायरमा सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यही समूहको अर्को खेलमा बेल्जियमले इटालीलाई १–० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियमको जितमा टिन डि केइगनीले ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ साउन २०७९, ०९ : ४५
लेखकबाट थप