एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् ।
उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले उल्लेख गरेको छ ।
बर्खास्तीमा परेका इभान बाकानोभ र इर्याना भेनेडिक्टोभाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । आइतबार राति भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले उनीहरुले राष्ट्रको सुरक्षाको आधारशिला विरुद्धका शृङ्खलाबद्ध अपराध गरेको आरोप लगाए । यसले दुई प्रमुखमाथि ठूलो प्रश्नचिन्ह खडा भएको र यसको उपयुक्त जवाफ आवश्यक रहेको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की
‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्