साउनमा हरियो रंगको धार्मिक महत्व के छ?

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १४ : ४४
साउनमा हरियो रंगको धार्मिक महत्व के छ?

काठमाडौं । स्वस्थ्य मानिस हप्तामा एक दिन व्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाइदा नै गर्दछ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । तर, व्रत बस्नलाई व्यक्ति आफू पूर्णरूपमा स्वस्थ हुनु पर्दछ ।   साउनको महिना अधिकांश महिला हरियो रगंका चुरा, पोते, मेहन्दी, सारीले सजिएको देखिन्छन् । नेपाली हिन्दू नारीहरूका लागि साउन विशेष महत्वको महिना मानिन्छ । अहिले अन्य धर्म मान्ने महिलाको हरियो रगंका चुरा, पोते, मेहन्दी, सारीले सजिएका देखिन्छन् । 

पछिल्लो वर्षमा साना बालिका र किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रूपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा यसो गरेका छन् । 

हिन्दू धर्म संरक्षणका अभियानता अविश्यक जोशी भन्छन्, ‘धार्मिक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभर निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मिक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साथै साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । साउन हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ ।’

प्रतिक्रिया दिनुहोस