नुवाकोटमा टिपर दुर्घटना, १ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १३ : २३
नुवाकोटमा टिपर दुर्घटना, १ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छन् ।

बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।  

महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।   टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस