काठमाडौं । गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरिएको छ।गुल्मी जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गर्नका लागि अभियानकै रूपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको छ ।
पहिले वास्तविक सडक बालबालिकाको पहिचान गर्ने र पहिचानपछि उनीहरूको उचित व्यवस्थापन गर्नका लागि योजना छ। जिल्लाभित्रका बालबालिकाहरूको जिल्लामै उचित व्यवस्थापन गरिने र अन्य जिल्लाका रहेछन् भने सम्बन्धित जिल्लासँग समन्वय गरेर अगाडि बढ्नेछ ।
पहिचानका लागि कार्यदल नै गठन सडक बालबालिकाहरूको पहिचान गर्नका लागि जिल्लामा एक जिल्ला शिक्षा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनी संयोजक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ।
जसको सदस्यहरूमा जिल्ला समन्वय समिति गुल्मीबाट विष्णु भुसाल, रेसुंगा नगरपालिकाबाट कल्पना पाण्डे‚ जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नरेश गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट माधवराज खरेल कार्यदलमा रहेका छन्।सडक बालबालिकाको पहिचान गर्नका लागि नेपाल पत्रकार महासंघ गुल्मीको समेत प्रतिनिधित्व रहनेछ । ।
। शनिबार उनीहरूको सामान्य रूपमा पहिचान गरिएको भुसालका अनुसार जिल्लामा अभियान नै सञ्चालन गरिएकाले यस अभियानलाई प्रभावकारी बनाएरै छाड्ने दाबी गरे।जिल्ला प्रशासन कार्यालय वरपर सडक बालबालिकाहरूले पैदल हिँड्ने यात्रुहरू र सेवाग्राहीबाट जबरजस्ती पैसा माग्ने र सामान उठाउने समेत गर्दै आएका छन्। यसअघि थ्रिडी पार्कमा समेत उनीहरूले फोहोर गर्ने गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १२ : ५०
लेखकबाट थप