गभर्नरविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको धरपकड

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १२ : ४७
गभर्नरविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको धरपकड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आवद्ध विद्यार्थी संगठनले बालुवाटारमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। केही विद्यार्थी प्रहरी नियन्त्रणमा छन्।

'एम अधिकारी राजीनामा दे' भन्दै विद्यार्थी गेटमै उभिएपछि गभर्नर अधिकारी कार्यालय प्रवेश गर्न पाएका छैनन्। कांग्रेस र माओवादीका विद्यार्थीहरूले गभर्नर अधिकारी एम अधिकारीको नाम नेकपा एमालेको अर्थ विभागमा सदस्य रहेको र उनी गभर्नरको रुपमा रहन नसक्ने भन्दै बिरोध गर्दै आएका छन्। 

प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरे। उनले राजनीतिक दलमा संलग्न भएको व्यक्ति गभर्नरको पदमा रहन नसक्ने नेपाल राष्ट्र बैंक ऐनमा उल्लेख भएकाले उनी पदमुक्त हुनुपर्ने माग गरे। आइतबार बिहान १० वजे विद्यार्थीहरु आन्दोलनका लागि राष्ट्र बैंकको गेटमा पुगेका थिए। प्रहरीहरुले उनीहरुमाथि हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि केही विद्यार्थीहरु घाइते भएका छन्। 

प्रतिक्रिया दिनुहोस