फैलियो मोरङ कारागारमा कोरोना, थप ३५ कैदीबन्दीमा संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १२ : ३१
फैलियो मोरङ कारागारमा कोरोना, थप ३५ कैदीबन्दीमा संक्रमण पुष्टि

काठमाडौं । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएको आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ ।अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी नीरबहादुर नेपालको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परीक्षण सुरु गरेको थियो । 

जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । कारागार प्रमुख तुलसी राम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोसी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस