बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १२ : २८
बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुमा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति बा.५ ख २८७२ नम्बरको बसले बा.७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रोमन थापामगर गम्भीर घाइते भएका थिए । 

नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रतिक्रिया दिनुहोस