काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आयोजना गरिएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
बालुवाटारमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनमा क्रममा केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिमा ‘गोटी–चाल’ : ओली–देउवा बिच सत्ताको जुहारी, राष्ट्र बैंक अनाथ
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर
गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार
नीलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा आज गर्लिन् त स्वीकृत ?
गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर
दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....