दुगड समूहको ‘ज्ञान मखाना’ बजारमा

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १३ : ५९
दुगड समूहको ‘ज्ञान मखाना’ बजारमा

काठमाडौँ  । केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा ल्याएको छ।केएल दुगड समूहले ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको दुगड कम्पनीले जनाएको छ।मखाना हल्का रोस्ट गरेर अथवा सीधै खान सकिन्छ। यसलाई खीरसहित विभिन्न स्वादिष्ट र मिठाइ परिकार बनाउन पनि प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस