विराटनगर तीनपैनी चोकस्थित होटल नाङ्लोमा आगलागी

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १४ : २२
विराटनगर तीनपैनी चोकस्थित होटल नाङ्लोमा आगलागी

काठमाडौँ  । विराटनगर मेनरोडस्थित होटल नाङ्लोमा आगलागी भएको छ । मेनरोडको तीनपैनी चोकस्थित होटलमा केही बेर अघि अचानक आगलागी भएको हो । प्रहरीले विद्युत् सर्टभई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आगलागीबाट होटलका सामानहरू जलेर पूर्णरुपमा नष्ट भएको छ । 

आगलागीबाट उद्योगी एवम् नेकपा (एमाले) का नेता मोती दुगडको घरमा समेत सामान्य क्षति पुगेको छ । स्थानीयले आगलागीबारे जानकारी गराए पनि दमकल ढिलो गरी पुगेका कारण ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस