नागार्जुनमा चितुवाको आक्रमणबाट ५ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १३ : ०४
नागार्जुनमा चितुवाको आक्रमणबाट ५ जना घाइते

काठमाडौँ  । काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति करिब साढे एक बजेतिर नागार्जुन नगरपालिका–८ भिमढुंगा हर्सनखोलास्थित पञ्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गरेको हो ।

आक्रमण परी घाइतेहरु हुनेहरुको शरीरका विभिन्न चोट लागेको छ । पाँचै जना घाइते मनमोहन अस्पतालमा उपचाररत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस