काठमाडौं । बाँके प्रहरीले एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो।गत साउनदेखि यो असार महिनासम्ममा एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्रडम्बर पालले जानकारी दिए।
पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ।फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १० : ५३
लेखकबाट थप