काठमाडौं । भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो विहीबार फेरी सुरु भएको छ ।
विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठुलो क्षति नभएको राठौरले जानकारी दिनुभयो । बिहान ६ः३० बजे तिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो । हालको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उक्त घटना स्थलमा आई सोहि स्थानमा परिचालन गरिएको छ ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्याक्टर प्रयोग भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि