काठमाडौं । भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो विहीबार फेरी सुरु भएको छ ।
विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठुलो क्षति नभएको राठौरले जानकारी दिनुभयो । बिहान ६ः३० बजे तिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो । हालको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उक्त घटना स्थलमा आई सोहि स्थानमा परिचालन गरिएको छ ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्याक्टर प्रयोग भई रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी