मलेसियामा दुई हजार कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १३ : ००
मलेसियामा  दुई हजार कोरोना संक्रमित थपिए

काठमाडाैँ । मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड संक्रमितको संख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ ।मंगलबार कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना संक्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस