एन्फा कार्यसमिति बैठक साउन २ गते बस्ने, १२ वटा एजेण्डा तय

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, २१ : १९
एन्फा कार्यसमिति बैठक साउन २ गते बस्ने, १२ वटा एजेण्डा तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन २ गते बस्ने भएको छ । एन्फामा नयाँ नेतृत्व आएपछि सुचना र एजेण्डा सहित पहिलो पटक कार्यसमिति बैठक बस्न लागेको हो ।

एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

गत साता बंगलादेशमा भएको साफ बैठकले महिला च्याम्पियनशिप नेपालमा गगर्ने निर्णय गरेको थियो । त्यस्तै, एन्फाको बैठकमा विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुिक्त लगायतका एजेन्डामा छलफल र निर्णय हुँदैछ ।

बैठकमा सि ढिभिजन छनोट बारे पनि छलफल हुने एन्फाले जनाएको छ । बैठकले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि टिम छनोटको मापदण्ड र सहभागीताका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस