काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सिसिटिभी फुटेजसहित अन्य आवश्यक कागजात समेत माग गर्ने निर्णय भएको छ । समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए ।
पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन । अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने