प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : त्रिभुवन आर्मी क्बल सेमिफाइनलमा

आइतबार, २० जेठ २०७५, १७ : ३९
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : त्रिभुवन आर्मी क्बल सेमिफाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्बल काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
आइतवार भएको खेलमा प्रदेश नम्बर ४ लाई ९ विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । लगातार तेस्रो खेल जितेको आर्मी समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ । आर्मीले अब समूहको अन्तिम खेल एपीएफस“ग खेल्नेछ । समूह चरणका ४ मध्ये १ खेल मात्र जितेको प्रदेश ४ भने २ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नै समूह ए बाट प्रदेश १ बाहिरिसकेको छ । अब एपीएफ र प्रदेश २ मध्ये १ टिम सेमिफाइनल पुग्नेछ । मुलपानी क्रिकेट मैदानमा आर्मीले ७६ रनको सामान्य लक्ष्य १६ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पुरा ग¥यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ आर्मीको बलिङ सामु टिक्न नसक्दा २९ ओभरमा ७५ रनमा अलआउट भयो । यता टियु मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ विरूद्ध ९ विकेटको सहज जित हासिल ग¥यो । जितस“गै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयस“गै प्रदेश ६ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२ दशमलब ५ ओभरमा ५५ रनमा अलआउट भयो । जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउ“दै लक्ष्य पुरा ग¥यो । पहिलो पटक संघीय संरचनाअनुसार राष्ट्रिय खेलकुद परिष्दद्धारा आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन बिभागीय टोलीको सहभागिता छ ।

 

प्रतिक्रिया दिनुहोस