काठमाडाैँ । सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।
दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरू बैठक छोडेर हिँडे ।
सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १४ : ४९
लेखकबाट थप