काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–०७९ को ११ महिनाको तथ्यांकमा आधारित भएर ताजा स्थिति सार्वजनिक गरेको हो ।
जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै आयात २७.५ प्रतिशतले, निर्यात ५३.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा १.५ प्रतिशतले बढेको छ ।
यस्तै शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति भने ९ अर्ब ४५ करोड अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ । संघीय सरकारको खर्च रु.१०३५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.९४२ अर्ब १३ करोड रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १५.७ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै