रेमिट्यान्समा देखियो सुधार, ३.८ प्रतिशतको वृद्धि

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १६ : ५९
रेमिट्यान्समा देखियो सुधार, ३.८ प्रतिशतको वृद्धि

काठमाडौँ  । पछिल्ला महिनामा रेमिट्यान्समा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा  ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा हाल रेमिट्यान्समा सुधार देखिएको हो । केही महिनाअघिसम्मको समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक थियो । रेमिट्यान्स घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेकाे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तो स्वीकृति लिनेको संख्या यो ११ महिनाको अवधिमा ३ लाख १३ हजार ३६७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस