नेयमार क्रोएसिया विरुद्ध मैदानमा उत्रने

आइतबार, २० जेठ २०७५, १४ : ५६
नेयमार क्रोएसिया विरुद्ध मैदानमा उत्रने

एजेन्सी । विश्वका सर्वाधिक महंगा खेलाडी नेयमार आईतबार हुने अभ्यास खेलमा हाप टाईम पछि मात्रै मैदान प्रवेश गर्ने भएका छन् । फ्रान्सेली लिगमा बोकेको खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् । नेयमार फेब्रुअरी यता चोटका कारण मैदानमा उत्रेका छैनन् ।
 ब्राजिलका स्टार फरवार्ड नेयमारले आइतबार हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा हाफ टाइम पछि मात्रे खेल्ने प्रशिक्षक टिटेले बताए । गत साता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणका दौरान मुख्य टोलीबाट बाहिर बसेका थिए । ब्राजिलले विश्वकप अगाडीको अभ्यास खेलमा आइतबार क्रोएसियासँग खेल्दैछ । लिभरपुलमा हुने उक्त खेलमा नेयमारको उपस्थिति हाफ टाइम पछि मात्रै खेल्नेछन् । विश्वका सर्वा्धिक महंगा खेलाडी 
‘उनले पहिलो रोजाइमा खेल्ने छैनन् । चोटबाट भर्खर फर्किएको हुनाले हामी केहि समय दिन चाहन्छौं । उनले कसको स्थान लिने भन्ने पक्का भएको छैन तर उनले दोस्रो हाफमा खेल्नेछन् । हामीले सम्पूर्ण टोलीलाई तयार गर्न यो खेलको उपयोग गर्नुपर्छ,’ प्रशिक्षक टिटेले भने ।

प्रशिक्षक टिटेले पहिलो रोजाइमा भने ग्यब्रिएल जेसस र फिलिप कोउटिन्होलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ । ब्राजिल फुटबल संघले मिडफिल्डर रेनाटो अगुस्टोको घुंडामा चोट लागेका कारण उनले क्रोएसियाविरुद्धको खेल गुमाउने जानकारी दिएको छ । २० वर्षीय अगुस्टो साताको अन्त्यसम्म विश्राममा बस्ने सम्भावना रहेको छ ।
ब्राजिलले विश्वकपका तयारीका लागि सोमबारदेखि टोटेनहम हट्सपरको प्रशिक्षण केन्द्र प्रयोग गर्दै आएको छ । विश्वकपका लागि प्रस्थान गर्ने बेलासम्म ब्राजिल यहीं  रहेर प्रशिक्षण गर्नेछ । पाँच पटकको विश्वकप विजेता ब्राजिलले विश्वकप अघि अन्तिम मैत्रीपूर्ण खेल अस्ट्रियासँग जुन १० मा खेल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस