काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढ्न थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पूर्वअध्यक्ष कमल थापा निकट भनेर चिनिएकाहरुले विरोध गर्न थालेका छन् । एउटा समूहले त पार्टी नेतृत्वविरुद्ध विद्रोहको तयारी थालेको छ ।
नेतृत्वको कार्यशैलीलाई लिएर उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीसहित कतिपय केन्द्रीय सदस्यहरू छलफलमा जुटेको नेताहरुको भनाइ छ । यस्तै पार्टीका नेताहरू दिलनाथ गिरी, रामकुमार सुब्बा, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, राजाराम श्रेष्ठ, केशव श्रेष्ठलगायतका नेताहरू पनि कसरी अघि बढ्ने भन्नेमा छलफलमा रहेका छन् ।
नेता दिलनाथ गिरीले लिङ्देनले पार्टी बनाउने विश्वासका लागि विगतमा आफूहरुले सहयोग गरेपनि उनमा पनि व्यक्तिवादी प्रवृत्ति हावी देखिएको बताए । उनले अहिलेकै कार्यशैलीबाट पार्टी बन्न नसक्ने भन्दै उनी नसुध्रिए आफूहरु चुप लागेर नबस्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग