काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढ्न थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पूर्वअध्यक्ष कमल थापा निकट भनेर चिनिएकाहरुले विरोध गर्न थालेका छन् । एउटा समूहले त पार्टी नेतृत्वविरुद्ध विद्रोहको तयारी थालेको छ ।
नेतृत्वको कार्यशैलीलाई लिएर उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीसहित कतिपय केन्द्रीय सदस्यहरू छलफलमा जुटेको नेताहरुको भनाइ छ । यस्तै पार्टीका नेताहरू दिलनाथ गिरी, रामकुमार सुब्बा, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, राजाराम श्रेष्ठ, केशव श्रेष्ठलगायतका नेताहरू पनि कसरी अघि बढ्ने भन्नेमा छलफलमा रहेका छन् ।
नेता दिलनाथ गिरीले लिङ्देनले पार्टी बनाउने विश्वासका लागि विगतमा आफूहरुले सहयोग गरेपनि उनमा पनि व्यक्तिवादी प्रवृत्ति हावी देखिएको बताए । उनले अहिलेकै कार्यशैलीबाट पार्टी बन्न नसक्ने भन्दै उनी नसुध्रिए आफूहरु चुप लागेर नबस्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज