चितवनमा ई–प्लानेट नकआउट फुटसल प्रतियोगिता हुने

आइतबार, २० जेठ २०७५, १३ : ०४
चितवनमा ई–प्लानेट नकआउट फुटसल प्रतियोगिता हुने

चितवन । जनकल्याण यूवा क्लब इन्द्रपुरीको आयोजनामा ई–प्लानेट नक आउट फुटसल प्रतियोगिता हुने भएको छ ।
यहि जेठ २३ गते देखि २६ गतेसम्म हुन लागेको प्रतियोगितमा चितवनका २८ वटा क्लबले सहभागिता जनाउन लागेको भरतपुरमा आईतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

भरतपुर ६ इन्द्रपुरी माध्यामिक विद्यालयको प्राङगणमा हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितमा प्रथम हुने टिमले नगद ५० हजार ,ट्रफी र मेडल प्राप्त गर्ने छन् भने द्धितिय हुने टिमले रु २५ हजार ,ट्रफी सहित मेडल प्राप्त गर्ने कार्यक्रम संयोजक आकास गुरुङले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ठ टिम ,उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कृत गरिने गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न ३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । २०३९ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस