भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ। रासस


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ असार २०७९, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ