बास्केटबल: प्रिमियर क्वाटरफाइनलमा

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, २० : २५
बास्केटबल: प्रिमियर क्वाटरफाइनलमा

काठमाडौँ । आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसईई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्‍यो। स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो।त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे।

बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआईएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक वसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गरे। फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन्।

फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस