झापा । झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको हो ।प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको बासिन्दा भएको पत्ता लगाएको हो।
उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडक किनारमा पल्टिएको र सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ। दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते