नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १० : ५४
नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज (शनिबार) हुँदैछ। काउन्सिलले असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने शैक्षिक तालिका अनुसार शनिबार परीक्षा लिन थालेको हो। काउन्सिलले अर्को परीक्षा मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लिने छ।

परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ। यस्तै मिडवाईफ्रीका लागि व्याचलर इन मिडवाईफ्री साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने छ।

नाम दर्ता परीक्षाको लिखित परीक्षामा नर्सिङ तथा मिडवाईफ्री दुवै विधाका लागि १५० प्रश्नहरु सोधिने र त्यसको पुर्णाङक पनि १५० नै हुनेछ। जसमा ५० प्रतिशत अंक ल्याउने मात्रै पास हुनेछन्। मिडवाईफ्रीको हकमा थप ५० पुर्णाङकको प्रयोगात्मक परीक्षा पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस