झापा । झापाको अर्जुनधारामा भारतीय नागरिकको हत्याका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेर बोरामा हालेर फालिएको अवस्थामा गत असार १२ गते एक भारतीय नागरिकको शव भेटिएको थियो ।
झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएको अवस्थामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको शव भेटिएको थियो ।
सोही हत्या आरोपमा यस अघि नै दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको थियो । एक जना फरार थिए । हत्या गरेर फरार रहेका भनिएका सुन्दर हरैँचा–६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसहितका हत्या अभियुक्तहरूले सुपारी लिएर ती भारतीय नागरिकको हत्या काम गरेको प्रहरीको दावी छ ।सापकोटालाई शुक्रवार नेपाल भारत सीमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, उनका पति ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ