झापा । झापाको अर्जुनधारामा भारतीय नागरिकको हत्याका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेर बोरामा हालेर फालिएको अवस्थामा गत असार १२ गते एक भारतीय नागरिकको शव भेटिएको थियो ।
झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएको अवस्थामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको शव भेटिएको थियो ।
सोही हत्या आरोपमा यस अघि नै दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको थियो । एक जना फरार थिए । हत्या गरेर फरार रहेका भनिएका सुन्दर हरैँचा–६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसहितका हत्या अभियुक्तहरूले सुपारी लिएर ती भारतीय नागरिकको हत्या काम गरेको प्रहरीको दावी छ ।सापकोटालाई शुक्रवार नेपाल भारत सीमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, उनका पति ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ