काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १५ : ४८
काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।  

यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालय स्रोतका अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस