सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १६ : ५१
सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस