काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । नियमित बैठक सोमबार बस्ने गर्छ । तर हिजो मन्त्री फेरबदलको कारण बैठक आज डाकिएको बताइएको छ ।
यता अर्थ मन्त्रालयको कामकारवाही र अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्धित धेरै विषय सर्वत्र आलोचनाको विषय भएपछि बोलाइएको बैठकलाई आज थप महत्व दिइएको छ । हिजो संसदमा पनि अर्थमन्त्री, आगामी आर्थिक वर्षको बजेट र मन्त्रालयमा डिलिट गरिएको सिसिटिभी फुटेजबारे चर्को आवाज उठेको छ ।
प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री तथा सभासद् गगन थापाले अर्थमन्त्रालय र अर्थमन्त्रीको आलोचना गर्नुभएको थियो । अर्थमन्त्रीलाई राजीनामा गराउनुपर्नेबारे गठबन्धन दलभित्रै र नागरिक समाजबाट प्रधानमन्त्रीलाई निकै दबाब परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय