चट्याङ्ग लागेर प्युठानमा दुई बालकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १० : ५१
चट्याङ्ग लागेर प्युठानमा दुई बालकको मृत्यु

प्युठान ।  दाङमा चट्याङ्ग लागेर गएराती दुई जना बालकको मृत्यु भएको छ । सोही घटनामा परि नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका(६ बिजुलीकोटका  १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन  परियार रहेको जिल्ला  प्रहरी कार्यालय प्युठानले जनाएको  छ  ।   
 
त्यस वडामा पाँच जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार सोही  पालिकाको वडा नम्बर(१  दाङ्बाङ्गमा  चार जना घाइते भएका छन् । उनीहरुलाई  अस्पताल  ल्याइँदै गरेको डीएसपी थापाले जानकारी  दिए  ।

प्रतिक्रिया दिनुहोस