जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।
पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।
सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ असार २०७९, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
असिनापानीले जुम्लामा स्याउका बिरुवामा क्षति
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो