साउदीबाट आफ्ना नागरिकलाई फर्काउँदै इथियोपिया

एजेन्सी

शुक्रबार, १७ असार २०७९, १५ : ३४
साउदीबाट आफ्ना नागरिकलाई फर्काउँदै इथियोपिया

एजेन्सी । इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता गराउने कामलाई निरन्तरता दिएको विदेश मन्त्रालयले शुक्रबार जानकारी दिएको थियो । 

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनामा आफ्ना कम्तीमा  पनि ४३ हजार नागरिकलाई फिर्ता गरेको छ । यहाँका सञ्चार सेवासम्बन्धी मन्त्री लेगेसे तुलुले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको  र गएको तीन महिना यतामात्र यहाँका कम्तीमा पनि ४३ हजारलाई फिर्ता  गरेको बताएका छन् .

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन् ।

यता मन्त्री तुलुकाअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया फसेका बताइएको छ ।

कागजात बिना नै साउदी अरेबियामा रहेका ती इथियोपियालीलाई स्वदेश फर्काउने अभियान इथियोपियाले केही महिना अघि सुरु गरेको हो । गएको मार्चमा इथियोपियाली सरकारले एक समिति गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यको सुरुआत गरेको थियो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको हो । 

प्रतिक्रिया दिनुहोस