जापानमा गर्मीले बिरामी हुने क्रम बढ्यो

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १४ : ०२
जापानमा गर्मीले बिरामी हुने क्रम बढ्यो

काठमाडाैँ  । केही दिनदेखि जापानका नागोया, साइतामा, गुन्मा, तोचिगी, गिफुलगायत स्थानमा गर्मी बढेको छ। उच्च तापक्रमका कारण दिनहुँ बिरामी हुनेको संख्या बढेको छ। जापानी सञ्चारमाध्यमले जनाएअनुसार गत महिना राजधानी टोकियोमा गर्मीका कारण  १ हजार ५ सय १७  जना बिरामी भएका थिए। खबरमा उल्लेख गरिएअनुसार यो पछिल्लो १० वर्षयताकै उच्च संख्या हो।

उच्च गर्मी जारी रहेकाले दिनहुँ यो संख्या बढ्दै जाने भएकाले सचेत रहन भनिएको छ। गर्मीबाट बालबालिका तथा वृद्ध बढी प्रभावित भएका छन्।  आज विशेषगरी पश्चिमी तथा पूर्वी जापानमा धेरै गर्मी छ। जापानकै उच्च गर्मी हुने ठाउँका रूपमा परिचित साइतामा प्रिफेक्चरको कुमागया सहरमा आज ४० डिग्रीभन्दामाथि तापक्रम रेकर्ड भएको छ।

जापानको अधिकतर स्थानमा तापक्रम ३५ डिग्रीदेखि ४० डिग्रीसम्म पुगेको थियोे भने नागोयामा ३३ डिग्री तापक्रम छ। 

प्रतिक्रिया दिनुहोस