खनाललाई नेम्वाङको जवाफ : को को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : ००
खनाललाई नेम्वाङको जवाफ : को को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोपप्रति नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जवाफ फर्काएका छन् ।

संसद दिवसका अवसरमा भएको कार्यक्रममा नेम्वाङले संसदमा विगतमा पनि अवरोध हुने गरेको बताए ।‘अहिलेको संसद अवरोधको कुरा गर्नु भयो, विगतमा पनि अवरोध भएको थियो,’ खनालपछि बोलेका नेम्वाङले भने, ‘को को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

नेम्वाङले थपे, ‘के कारणले अवरोध हुन्छ भनेर अध्ययन गर्न र निचोड दिन म पूर्व सांसद मञ्चलाई अनुरोध गर्न चाहन्छु ।’


 

प्रतिक्रिया दिनुहोस