सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : ०७
सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।

संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् । 

सीमान्तीकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ, काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा भनिन् । 
 
उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन् । 

प्रतिक्रिया दिनुहोस