काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई छुटाउनका लागि १० करोडको घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।
न्यायपरिषदद्वारा गठित छानबिन समिति सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः निलम्बनमा परेका हुन् । न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन १० करोड धरौटी माग्ने र काम गरेबापत २ करोड लिने डिल गरेको अडियो रेकर्ड सार्वजनिक गरेको थियो । उक्त डिल अडियो प्रकरण बाहिरिएसँगै न्यायपरिषदको बैठकले छानबिन समिति गठन गरेको थियो ।
परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति गठन भएको छ । उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश